सुनको मुल्य हालसम्मकौ उच्च भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ९७ हजार १०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। भने चाँदीले पनि नयाँ रेकर्ड राख्दै आज प्रतितोला ५ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
