काठमाडौँ।
दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ अन्तर्गत आज आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुतिले महोत्सवस्थल संगीतमय बनेको छ। चर्चित कलाकार रामकृष्ण श्रेष्ठ र सन्तोषी कार्कीको प्रस्तुतिमा दर्शकहरू गीत–संगीतसँगै झुमेका थिए।
थली चौरमा जारी महोत्सवमा आज गायक रामकृष्ण श्रेष्ठ र गायिका सन्तोषी कार्कीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। उनीहरूको प्रस्तुतिमा दर्शकहरूले नाच्दै, गाउँदै र रमाउँदै कार्यक्रमको भरपूर आनन्द लिएका थिए।

त्यसैगरी, कलाकार चेतन राई, भोजराज काफ्ले, जितु लोप्चन, याफर तामाङ, लगायत अन्य राष्ट्रिय कलाकारहरूले समेत आ–आफ्नो प्रस्तुति दिएका थिए। विभिन्न विधाका कलाकारहरूको सांगीतिक प्रस्तुतिले महोत्सवको माहोल थप उत्साहपूर्ण र मनोरञ्जनात्मक बनेको थियो।
महोत्सवमा कलाकारहरूको प्रस्तुति हेर्न तथा मनोरञ्जन लिन स्थानीय बासिन्दासहित विभिन्न क्षेत्रबाट दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दर्शकहरूको उत्साहपूर्ण सहभागिताले महोत्सवलाई थप आकर्षक बनाएको थियो।
स्थानीय कला, संस्कृति, पर्यटन तथा व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ श्री सांस्कृतिक मेला महोत्सव तथा बाल उद्यान सञ्चालन केन्द्र प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको छ। महोत्सवका आयोजक दीपक दाहाल रहनुभएको छ भने कार्यक्रमको सभापतित्व सीताराम दाहालले गर्दै आउनुभएको छ।
त्यसैगरी, चेतन राई, भोजराज काफ्ले लगायत अन्य राष्ट्रिय कलाकारहरूले समेत आ–आफ्नो बेजोड प्रस्तुति दिएका थिए। विभिन्न विधाका कलाकारहरूको सांगीतिक प्रस्तुतिले महोत्सवको माहोल थप उत्साहपूर्ण र मनोरञ्जनात्मक बनेको थियो।
कात्तिक ९ गतेदेखि सुरु भएको महोत्सव कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न मनोरञ्जनात्मक गतिविधि, व्यापारिक स्टल तथा बाल उद्यानका आकर्षणहरू पनि रहेका छन्।
आयोजकले आगामी दिनका कार्यक्रमहरूमा समेत सहभागी भई महोत्सवलाई सफल बनाउन स्थानीयवासी तथा सम्पूर्ण दर्शकहरूलाई आग्रह गरेका छन्।

भोलिको आकर्षण
कार्तिक १७ गते
ज्योति मगर
कला लम्साल
कोसिस थोकर
बल बाहादुर वाईबा
सविना दाहाल
सन्तोष गिरि
विनोद लामा
सुवास महत
प्रताप हुमागाई (झुले)
