काठमाडौँ।

स्थानीय कला, संस्कृति, पर्यटन तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ आजदेखि सुरु भएको छ। महोत्सवको उद्घाटन वडा नम्बर ४ का वडाध्यक्ष धन श्रेष्ठले गर्नुभएको हो।

महोत्सवका आयोजक दीपक दाहालका अनुसार स्थानीय कला, संस्कृति र व्यापारको प्रवर्द्धन गर्दै क्षेत्रको आर्थिक तथा सांस्कृतिक गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। उद्घाटन समारोह कार्यक्रमका सभापति सीताराम दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। महोत्सवमा राष्ट्रिय कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति समेत रहेको थियो, जसले कार्यक्रममा थप उत्साह र रौनक थपेको थियो।

महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै मनोरञ्जनात्मक गतिविधि, व्यापारिक स्टल तथा बालबालिकाका लागि विभिन्न आकर्षणहरू समावेश गरिएका छन्। यसले स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्नुका साथै कला, संस्कृति र पर्यटनको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार महोत्सव २०८३ साल कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ। थली चौर, साँखु जाने बाटोमा आयोजना गरिएको महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय कला, संस्कृति र व्यापारलाई प्रोत्साहन गर्न आयोजकले सर्वसाधारणलाई आग्रह गरेका छन्।

स्थानीय कला, संस्कृति, पर्यटन र व्यापारको समृद्धिलाई अभियानका रूपमा अघि बढाइएको यस महोत्सवले थली क्षेत्रको पहिचान र आर्थिक गतिविधिलाई थप उजागर गर्ने विश्वास लिइएको छ।


भोलिका आकर्षण

Worldwide Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *