अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘जदौ’को एक दृश्य।

काठमाडौं ।

अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको नेपाली चलचित्र ‘जदौ’ देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। प्रेम, जातीय विभेद, सामाजिक असमानता र पारिवारिक द्वन्द्वलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको चलचित्रले नेपाली समाजका गम्भीर विषयलाई पर्दामा ल्याउने प्रयास गरेको छ।

काजी लिम्बूको लेखनसमेत रहेको ‘जदौ’मा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, गीता अधिकारी, नरेश पौड्याल लगायतका कलाकारको अभिनय छ। चलचित्रमा प्रेम, हास्य, भावनात्मक द्वन्द्व र सामाजिक यथार्थलाई एकसाथ जोडिएको निर्माण पक्षले जनाएको छ।

विशेषगरी अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन चलचित्रको प्रमुख आकर्षणका रूपमा देखिएको छ। दुवै निर्देशकले नेपाली समाजमा अझै देखिने जातीय विभेद र असमानताको विषयलाई कथा र मनोरञ्जनसँग जोड्दै दर्शकमाझ प्रस्तुत गरेका छन्। निर्देशक शर्माले सामाजिक यथार्थलाई मनोरञ्जनात्मक रूपमा पर्दामा उतार्ने प्रयास गरिएको बताएका छन् भने लिम्बूले आफूले लामो समयदेखि देख्दै आएका विभेदका घटना र प्रसंगलाई कथामा बुनेको बताएका छन्।

सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्मित चलचित्रलाई समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट र सिल्भर स्क्रिन इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको हो। चलचित्रको वितरण एनजीसिएन ग्रुपले गरेको छ।

असोज ९ गतेदेखि प्रदर्शनमा आएको ‘जदौ’ले प्रेमकथा मात्र नभई समाजलाई सोच्न बाध्य बनाउने विषयलाई मनोरञ्जनसँग जोडेर दर्शकमाझ आफ्नो उपस्थिति जनाएको छ।

🎬 ‘जदौ’को आधिकारिक टिजर यहाँ हेर्नुहोस्:
👉 YouTube: https://youtu.be/YjaIe_FYHGk

Worldwide Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *